बार्सिलोना शीर्ष स्थानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७६, सोमबार ०९:२२

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । यससँगै बार्सिलोना लिगको शीर्ष स्थानमा पुगेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको गोल निर्णायक बन्यो ।

९० मिनेटको खेल सकिन केही मिनेट अघिमात्र ८६ मिनेटमा बार्सिलोना कप्तान मेस्सीले पेनाल्टी बक्सबाट बललाई जाली चुमाएका थिए ।

जीतसँगै १४ खेल खेलेको बार्सिलोनाको ३१ अंक रहेको छ । समान ३१ अंक रहेको रियल मड्रिड गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१