३ हजार घुस लिने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७६, शुक्रबार ०३:५३

काठमाडौं । मोटरसाइकल पास गर्नका लागि विभिन्न रिकण्डिसन हाउसबाट ३ हजार रुपैयाँ घुस उठाउने यातायात कार्यालयका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समय अगाडि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई ३ हजार घुससहित पक्राउ गरेको थियो ।

अख्तियारले घुस लिने शाखा अधिकृत भट्टराईसहित घुस दिने किरण देउला, उत्तमबिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई नियन्त्रणमा लिएको थियो ।

घुस लिने र दिनेहरुलाई पक्राउ गरेपछि शुरु गरिएको अनुसन्धानको शिलसिलमामा शाखा अधिकृत भट्टराईले रिकण्डिसन हाउसका मोटरसाइकल नवीकरण (रिन्यु) गर्ने प्रयोजनका लागि घुस लिने गरेको भेटिएको हो ।

अख्तियारले ३ हजार घुससहित पक्राउ परेका शाखा अधिकृत भट्टराईविरुद्ध ३ हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसारको जरिवाना र कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै, शाखा अधिकृत भट्टराईलाई घुस दिने बिरेश अटो स्टेशनका किरण देउला, दीप इन्टरप्राइजेजका गणेशकुमार केसी खड्का, ब्रदर (ब्रो) रिकण्डिसन प्रालिका सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका उत्तम विक्रम शाहीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार ४ जनाविरुद्ध जनही ३ हजार रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवानाको सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१