धर्मका कारण हिमानीसँग ‘डिभोर्स’ गर्न मिलेन : पारस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७६, शुक्रबार ०३:३६

काठमाडौं । पूर्वयुवराज पारस शाह र मोडल तथा सोनिका रोकाया केही समययता नजिक छन् । यी दुई प्रेममा रहेको चर्चा चल्ने गर्छ । यद्यपि दुवैले प्रेममा नरहेको दाबी गर्दै आएका छन् ।

यता पारस र सोनिकाको हिमचिम भने दिनप्रतिदिन बढ्दैछ । सोनिका र पारस पोखरादेखि अन्नपूर्ण बेसक्याम्पसम्म सँगै घुम्न गएका तस्वीर एकपछि अर्को गर्दै सार्वजनिक भएका थिए । सोनिकाले त अझ भिडियो ब्लग नै बनाएकी थिइन् ।

यतिबेला भने पारस र सोनिका अर्को एक कारणका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा पारस र सोनिकाको भाइबर च्याटमा कुरा भएको स्कृनशट भाइरल भएको छ ।

भाइबर च्याटमा सोनिकाले पारसलाई पूर्वयुवराज्ञी हिमानीसँग डिभोर्स गर्न लागेको हो भनेर सोधेकी छिन् । उत्तरमा पारसले होइन भन्छन् ।

सोनिकाले अङ्ग्रेजीमा सोध्छिन् – ‘किन यति धेरै समाचार? हिमानीसँग डिभोर्स हुन लागेको हो?’

पारसले धर्मका कारणले हिमानीसँग डिभोर्स गर्न नमिलेको बताउँछन् । उनले सोनिकालाई फोनमा कुरा गर्न आग्रह समेत गर्छन् ।

पारसले कसले यस्तो खबर फैलाएको छ पत्ता लगाउन अनुरोध गर्छन् ।

पारसले बरु मिडियाले गलतलाई पनि सत्य साबित गर्न खोजेको पारसले म्यासेज फर्काउँछन् ।

सोनिकाले भन्छिन् – ‘मलाई मान्छेले मेरो बारेमा के भन्छन् भन्नेमा चासो लाग्दैन तर म तपाईंलाई वास्तविक तपाईं बनाउने बाटोमा छु ।’

पारसले फेरि भन्छन् – ‘मैले के गरेको तिमी चाहन्छौ?’

त्यसपछि सोनिकाले आफूले बिहानै बुबासँग झगडा गर्नुपरेको सुनाउँछिन् ।

‘आज बिहानै मेरो बुबासँग झगडा पर्‍यो, उनीहरुलाई मैले तपाईंसँग बिहे गर्दैछु भन्ने लाग्छ, बुबालाई तपाईं र हिमानीका कारण म समस्यामा छु भन्ने लाग्छ ।’

उनको उत्तरमा पारसले ‘ओएमजी’ भन्छन् ।

यो च्याटको स्किृनशट सामाजिक सञ्जालमा छाएको छ । पछिल्लो समय पारस र सोनिकाको हिमचिम बढेपछि पूर्वराजपरिवारसँग पारसको समबन्ध राम्रो छैन । यता हिमानी भने पछिल्लो समय सामाजिक कार्यमा व्यस्त छिन् । उनको पारससँग सम्बन्ध राम्रो छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१