राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७६, बिहीबार ०३:५८

काठमाडौ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको झट्काले सुत्न ठिक्क परेका स्थानीय झसंग भएका छन् । भूकम्पको धक्का काठमाडौंसहित, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे लगायतका आसपासका जिल्लामा समेत हल्लाएको छ ।

२०७२ साल वैशाख १२ को विनाशकारी गोरखा भूकम्पपछि स-साना पराकम्पनहरु जाने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१