स्कुल र क्याम्पसको ड्रेसमै गाँजा तान्छन् विद्यार्थी, टिनएजरहरु दुव्र्यसनको दलदलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७१, मंगलवार १२:३९
काठमाडौँ ,२४ भाद्र । ‘यस्तो होला भन्ने कल्पनै थिएन,’ चियाबारीमा गाँजा तानिरहँदा पक्राउ परेका तीन युवा केही दिनअघि प्रहरी हिरासतमा भन्दै थिए, ‘आइन्दा भुलेर पनि यस्तो काम गर्दैनौं ।’कलेज जाने उमेरका युवा गाँजामार्फत दुब्र्यसनमा फस्दै गरेको भेटेपछि प्रहरीले उनीहरुलाई एक रात हिरासतमा राख्यो । डेढ महिना अघिको घटनामा समातिएका उनीहरुलाई प्रहरीले सम्झाई-बुझाई गरेर भोलिपल्टै परिवारको जिम्मा लगाइदियो ।students
लागूऔषध प्रयोगकर्ता विरुद्ध कठोर बनेको इलाम प्रहरीले नौ महिनायता १५ जनालाई पक्राउ गरिसकेको छ । तीमध्ये १३ जना इलाम कारागारमा कैद भुक्तान गरिरहेका छन् । दुई जना पुर्पक्षका लागि हिरासतमा छन्, नागरिक दैनिकले छापेको छ । पक्राउ परेकालाई ६ वर्षसम्म कैद हुन सक्छ,’ जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटको सई मनीष थापा भन्छन्, ‘लागू औषधको जालो भत्काउन पनि उनीहरुलाई सजाय दिनै पर्छ ।’
पूर्वका धेरै युवा रक्सी र गाँजा तान्न साइत कुर्दैनन् । कलेज पढ्ने कतिपय बिस्तारै हेरोइन र सिरिन्जको लतमा छन् । अपराध नियन्त्रणमा प्रहरी सक्रिय भइरहे पनि लागू औषध प्रयोगकर्ता भने घट्नुको साटो बढिरहेका छन् । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआइजी नवराज सिलवालले केही महिनाअघि इलाममा आजित हुँदै भनेका थिए, ‘लागूऔषध प्रयोगकर्तालाई त पक्रिनै छाड्यौं ।’
कानूनले लागूऔषध प्रयोगकर्तालाई पक्रिने, ३० दिन थुन्ने र जरिमाना गर्ने अधिकार हुँदाहुँदै प्रहरी मुकदर्शक बन्नुपर्ने कारण हो-दुब्र्यवसनीको संख्या अत्याधिक दरमा बढ्नु । प्रहरीका अनुसार तराईतिरका स्कुल, कलेज परिसरका चिया र मिठाई पसलदेखि शौचालय र पार्कमा गाँजा-चरेस चानिरहेको दृष्य अचेल सामान्य लाग्छन् ।

प्रतिक्रिया