साग खेल्ने बंगलादेशी भलिबल टोली आज काठमाडौं आउँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७६, सोमबार ०४:२२

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली आज काठमाडौं आइपुग्ने भएको छ ।

बुधबारदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा शुरु हुने साग अन्तरगतको पुरुष तथा महिला भलिबल खेल्ने बंगलादेशी टोली सोमबार बिहान ११ बजेर ४५ मा काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

साग अतिथि सत्कार कमिटिकी संयोजक अनन्ता देवी खनालका अनुसार बंगलादेशको टोली सोमबार आउने टुङ्गो लागेको हो । बंगलादेशबाट ३० सदस्यीय टोली काठमाडौं आउन लागेको संयोजक खनालले बताइन् ।

अन्य ४ टोली कहिले आउने भन्ने एकिन नभएको खनालले बताइन् । साग अगाडि हुने खेलमध्ये भलिबल बुधबारदेखि शुरु हुनेछ ।

६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल पुरुष र महिला भलिबलमा समूह ए मा रहेको छ । पुरुष र महिला भलिबलमा नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् ।

आयोजक नेपालले यसअघि नै पुरुष र महिला भलिबल टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१