लजालु मानिसहरू फेसबुकमा धेरै एक्टिभ हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७१, मंगलवार १२:३१
काठमाडौं, बास्तबिक जिवनमा लजालु स्वभावका मानिसहरू फेसबुकमा साथीहरूसंग कुरा गर्न र तश्विरहरू शेयर गर्न हिच्किचाउने गर्दछन । तर अचम्मको कुरा त के भने लजालु र अन्तर्मुखी मानिसहरूनै सोशियल नेटवर्किङ साइटमा अरूहरूको तुलनामा धेरै समय बिताउने गर्दछन । अल्बानिया यूनिभर्सिटीका तर्फबाट गरिएको एक ताजा अध्ययन अनुसार, यस्ता मानिसहरू फेसबुकमा धेरै समय बिताउँदछन, तर साथीहरूका साथमा तस्वीर वा पोस्टहरू भने शेयर गर्न अफ्ठ्यारो मान्दछन ।
यूनिभर्सिटीका एसोसिएट प्रोफेसर पाविका सेल्डनका अनुसार ‘अन्तर्मुखी वा लजालु मानिसहरू फेसबुकको प्रयोग धेरै समय सम्म गर्दछन, यद्दपी यस क्रममा उनीहरू आफ्ना तस्विरहरू अपलोड गर्न वा साथीहरूको वालमा पोष्ट गर्नमा भने कम समय दिने गर्दछन । ‘ अध्ययनमा यो पनि बताइएको छ कि बहिर्मुखी स्वभावका मानिसहरू सोशियल नेटवर्कमा पनि भिडियो र तस्विरहरू पोस्ट गरेर नियमित रूपमा स्टेटस अपडेट गर्दछन । यसको सहायताबाट उनीहरू साथीहरू तथा परिवारजनहरूसंग निकै बलियोसंग जोडिने लाभ उठाउँदछन । यस बाहेक इम्टरनेट भन्दा अन्य कुरामा सक्रिय रहने मानिसहरू पनि फेसबुकको प्रयोग गरि त्यसबाट फाइदा उठाउने गर्दछन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१