एकल पुरुषले पनि अब पाउँछन् भत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ मंसिर २०७६, शुक्रबार १०:०१

काठमाडौँ । सिन्दुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले राज्यको नजरमा महिला र पुरुष समान हुन् भन्ने मान्यतालाई पुष्टि गर्न एकल पुरुषलाई भत्ता दिने निणर्य गरेको उनले जानकारी गराए ।

गाँउपालिकाको आन्तरिक स्रोतबाट एकल पुरुषलाई सामाजिक सुरक्षा दिनृे भएको हो । उक्त गाँउपालिका भित्र ३५० जनाको संख्यामा एकल पुरुषहरु रहेको जनाएको छ । सबै वडामा एकल पुरुषको तथ्यांक संकलन अन्तिम चरणमा पुगेको छ ।

श्रीमतीको मू त्यु भएको वा अन्य कुनै कारणले साथमा नभई एकलो जीवन बिताइरहेको प्रमाणको आधारमा मात्र एकल पुरुषले सामाजिक सुरक्षाभत्ता पाउने छन् । एकल पुरुषको परिचयपत्र बनाउने काम पनि अन्तिम चरणमा पुगेको त तर वृद्धभत्ता लिइरहेका एकल पुरुषले सो भत्ताबापतको सुविधा पाउने छैनन् । राज्यबाट दोहोरो सुविधा लिन नमिल्ने नियमलाई कार्यान्वयन गरिने भएको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१