अकबरे खुर्सानी खेती र आम्दानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७६, बिहीबार ०४:५४


खगेन्द्रराज सिटौला / काठमाडौँ । अकबरे खुर्सानीको खेती गर्नलाई धेरै सिंचाइको जरुरत पर्दैन । सुख्खा बारीमा गर्न सकिन्छ । तर बेलाबखत भने पानीले भिजाउनुपर्छ । भन्न खोजेको धेरै सिंचाइको जरुरत पर्दैन । साथै यसले थोरै जग्गाबाट धेरै आम्दानी पनि दिन्छ । साथै धेरै मेहनत पनि चाहिँदैन । अरु खुर्सानीको भन्दा अकबरे खुर्सानीको बोट अलिक अग्लो हुन्छ । यो अरुभन्दा डल्लो र अलिक मोटो र ठूलो हुन्छ । यसको पिरो पनि कडा नै हुन्छ । तर यसको राम्रो पक्ष पिरोको असर लामो समयसम्म रहँदैन र पेट पनि पोल्दैन । अरु खुर्सानीमा पाइनेजस्तै मानव शरीरलाई र स्वास्थ्यलाई फाइदा दिने तत्वहरू यसमा पनि पाइन्छ । कसैकसैले अकबरे खुर्सानी खाएर ग्याष्ट्रिकबाट मुक्त भएको पनि सुनाउने गरेका छन् । तर वैज्ञानिक परीक्षण नगरी यसै भन्न सकिन्न । हरियोमा खाँदा अकबरे खुर्सानीको बास्नादार स्वाद पनि आउँछ । विगतमा आपूmलाई खानको लागि करेसाबारीतिर गाराका आडमा केही बोट उमार्ने र खाने चलन थियो किसानहरूको । कसैकसैले थोरथोरै हाटबजारमा लगेर बेच्ने पनि गर्दथे । तर यता पछिल्लो समयमा भने अकबरे खुर्सानीको व्यावसायिक खेती गर्नेहरू पनि बढ्दै छन् र यसको खेती पनि फैलँदो अवस्थामा छ । तर अपेक्षा गरेजस्तो किसानहरूले अकबरे खुर्सानीबाट अपेक्षित लाभ लिनसकेका छैनन् ।

हाम्रो तेह्रथुमतिर एउटा सानो अति कडा पिरो हुने खुर्सानी पाइन्छ । मसिनो फल्ने भएकोले त्यसलाई जिरे खुर्सानी भनिएको होला । अर्को त्योभन्दा केही ठूलो तर आकासतिर फर्किएर लटरम्म फल्ने भएकोले होला त्यसलाई ठाडे खुर्सानी भनिएको । यो र जिरे दुवै लटरम्म फल्दछन् । अर्को अलिक पातलो र लामो फल्ने खुर्सानीलाई लामे खुर्सानी भनिन्छ । अकबरे खुर्सानीलाई कसैकसैले डल्ले खुर्सानी पनि भन्दछन् । तर के आधारमा यसको नाम अकबरे भएर फैलियो थाहा छैन । अकबरे खुर्सानीलाई व्यावसायिक उत्पादन गर्ने काम भने इलाम जिल्लाले गरेको थियो । इलाममा यसको धेरै व्यावसायिक उत्पादनमा किसानहरू लागेका थिए । त्यसले गर्दा यसको व्यावसायिक उत्पादन र आम्दानीको प्रचार मिडियामा भएकोले पनि यसको लोकप्रियता देशविदेशमा पनि फैलिएको छ । यता पछिल्लो समयमा यसको व्यावसायिक उत्पादन गर्ने जिल्लाहरू बढेका छन् । जिल्लाहरू बढ्नु भनेको यसको उत्पादन गर्ने किसानहरू बढ्नु नै हो । पछिल्लो समयमा अकबरे खुर्सानीको व्यावसायिक उत्पादन गर्ने किसानहरू बढिरहेको पाइएको छ । यसमा तेह्रथुम जिल्ला पनि थपिएको छ । यसको व्यावसायिक उत्पादन र योसँग जोडिएका किसानहरूको चर्चा गरौँ । गत वर्ष मात्रै जिल्लाबाट तेह्र करोडजतिको अकबरे खुर्सानी बाहिर निकासी भएको थियो । यसमा धेरै मात्रामा अकबरे खुर्सानी उत्पादक किसान र उत्पादक समूहहरू जोडिएका छन् । तेह्रथुम धनकुटाका किसानहरूले उत्पादन गरेको अकबरे खुर्सानीको प्रमुख बजार भनेको भारत नै हो । यहाँ उत्पादन भएका खुर्सानी पूर्वीनाका काँकरभिट्टा र जोगमनी नाका भएर भारतको सिलगढी, दार्जिलिङ, कालिम्पोङ, सिक्किम, मेघालय आदिमा समेत जाने गरेको छ । यसको साथै अकबरे खुर्सानीको माग नेपालीहरू धेरै बसोबास गरेका हङकङ, मलेसिया, सिंगापुर आदि स्थानमा पनि बढेको छ । अकबरे खुर्सानीलाई कोसेलीको रूपमा पनि लाने गरेका छन् । आन्तरिक बजारमा मात्रै यहाँ उत्पादन भएको अकबरेको खपत सम्भव छैन ।
यसको मूल्यमा भएको उतारचढावले भने किसानहरूलाई हैरानी दिएको छ । अघिल्लो साल यसको माग भारतबाट धेरै भएको थियो । किसानहरूले यसको दाम पनि राम्रै पाएका थिए । गत साल स्थानीय बजारमा किसानहरूले प्रतिकेजी चार सयदेखि पाँच सयसम्म मूल्य पाएका थिए । यो साल भने मूल्य घटेर दुई सयदेखि तीन सय प्रतिकिलोमा झरेको छ । अघिल्लो सालको माग र मूल्यलाई हेरेर किसानहरूले उत्पादन बढाए पनि मूल्य घटेको कारणले किसानहरूको आम्दानी घट्नसक्ने देखिएको छ । किसानहरूले खुर्सानीबाट मात्रै आम्दानी गरेका हुँदैनन् । यसका बिरुवा, बीउ अनि बियाँसमेतबाट आम्दानी गर्नेगरेका छन् । यहाँ उत्पादन भएको पचास प्रतिशतजति अकबरे बाहिर जान्छ भने बाँकी भने आन्तरिक बजारमा खपत हुनेगरेको छ ।

अकबरे खुर्सानीको खेती गर्नलाई धेरै सिंचाइको जरुरत पर्दैन । सुख्खा बारीमा गर्न सकिन्छ । तर बेलाबखत भने पानीले भिजाउनुपर्छ । भन्न खोजेको धेरै सिंचाइको जरुरत पर्दैन । साथै यसले थोरै जग्गाबाट धेरै आम्दानी पनि दिन्छ । साथै धेरै मेहनत पनि चाहिँदैन । तर त्यसो भन्दैमा मल हाल्नुनपर्ने, गोगमेल गर्नुनपर्ने त होइन । उखु किसानको जस्तो उधारोमा बेचेर चिनी मिलसँग रुने खालको यसको व्यापार होइन । यो नगदमा नै कारोबार हुने व्यापार भएकोले पनि किसानहरू यसको खेतीमा आकर्षित भइरहेका छन् । अकबरे निकै जातका पाइन्छन् । किसानहरूले यहाँ ठूलो डल्ले, सानो डल्ले, गोलो, चिल्लो, लाम्चेलगायत छ सात जातका लगाएको पाइन्छ । अकबरे खुर्सानी एक हजारदेखि एक हजार नौ सय मिटरको उचाईसम्ममा खेती गर्न सकिने विज्ञहरू बताउँछन् । नेपालको खुर्सानी बजार भारतीय उत्पादनले ओगटेको छ र नेपालका धेरै युवाहरू आप्mना खेतबारी बाँझो राखेर विदेशमा गएका समाचार सुन्नु र पढनुपर्ने अवस्थाले निरन्तरता पाइरहनु भनेको आफैँमा राष्ट्रिय लज्जा हो । सबैलाई थाहा भएकै हो खुर्सानी खाँदा पिरो हुन्छ । तर भारतीय खुर्सानी खाँदा दुइपल्ट पिरो हुन्छ । एकपल्ट खुर्सानीको पिरो अर्कौपल्ट विदेशी खुर्सानी खानुपर्दाको पिरो । सरकारले किसानलाई खुर्सानी उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने हो भने पछिल्लो पिरोबाट देशलाई मुक्त गर्नसक्छ । खुर्सानीमा लाग्ने रोगबाट किसानहरू चिन्तित हुने अवस्थाबाट किसानहरू मुक्त हुनुपर्दछ । अर्को किसानले आप्mनो उत्पादनबाट राम्रो प्रतिफल पाउनुपर्दछ र तेस्रो भनेको किसानलाई कहिल्यै बजारको समस्या हुनुहुँदैन । आप्mनो उत्पादन नबिकेर सामान घरमा थन्काएर किसान पुर्पुरोमा हात लाएर बस्नुपर्ने अवस्था आउनुहुँदैन । अर्थात् पिरो नबिकेर किसानको मन पिरोले पोलिरहने अवस्था आउनुहुँदैन । अरुले पिरो खाउन् तर पिरो उत्पादन गर्ने किसानहरूले पिरोलो नपाउन् ।

नेपालमा आन्तरिक बजार नै खुर्सानीको लागि ठूलो छ । नेपालीहरू तरकारी मात्रै होइन अचार पनि धेरै खानेहरू छन् । अचार र तरकारी दुवैमा खुर्सानी हाल्न मनपराउँछन् । काँचै खुर्सानी खान मनपराउनेहरू पनि धेरै छन् । उचित किसिमले खुर्सानी खान जान्यो भने काँचो तथा पाकेको खुर्सानी स्वास्थ्यको लागि फाइदाजनक छ । यसमा शरीरलाई चाहिने धेरै तत्वहरू पाइन्छ भन्ने बुभ्mन थालेपछि खुर्सानी खानेहरू बढिरहेका छन् । त्यसैले पनि खुर्सानी जति उत्पादन गरे पनि बजारको समस्या पर्दैन । समस्या भारतबाट आउने खुर्सानीसँग प्रतिस्पर्धा गरेर नेपालको खुर्सानीले भारतको खुर्सानीलाई विस्थापित गर्नसक्नु नै हो । यसको लागि बजार तथा उत्पादन लागत अध्ययन र अनुसन्धान गर्नुपर्दछ । नेपालको खुर्सानीको बजारले किसानलाई पनि खुर्सानीको खेती गर्न हौसला र जाँगर दिन सक्नुपर्दछ एकतिर भने अर्कोतिर उपभोक्तहरूको रोजाइ नेपाली खुर्सानी हुनुपर्दछ । यस्तो सन्तुलन मिल्न सक्यो भने नेपाल खुर्सानीमा आत्मनिर्भर हुने परिस्थिति बन्छ । खुर्सानीमा मात्र होइन कि यस्तो परिस्थिति सवै कृषि उत्पादनमा बन्नुपर्दछ ।

पालमा उत्पादन भएका सवै खुर्सानी अझ खासगरी अकबरेको माग चीनको तिब्बतमा धेरै ठूलो परिणाममा छ । त्यतातिर सरकारको ध्यानै छैन । नेपाली कामदार पठाउने मुलुकको खोजीमा मात्रै सरकारको ध्यान गएको पाइन्छ । नेपालीलाई रोजगार दिने एउटा देश थप्न पायो भने सरकारले ठूलै युद्ध जितेझैं गरेर ढोल पिट्छ । त्योभन्दा ठूलो ढोल त खुर्सानीमा आत्मनिर्भर भएर टनका टन खुर्सानीले लोड गरिएका ट्रकहरूको ताँती हिमालपारी भन्ज्याङ नाघेर पुगेको खबर पढ्न र सुन्न देख्न पाइयोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१