नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७६, मंगलवार ०४:१८

काठमाडौं । बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छिन् ।

निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेकी शिल्पा शुक्रवार जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन् ।

शिल्पालाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालतले यसअघि शिल्पालाई पक्राउ पूर्जी जारी गरेको थियो । अदालतले छवि ओझा र उजुरीकर्ता हेमा ओझाबीच अंशबण्डा भइसकेकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा नै प्रतिवादी (शिल्पा)लाई दोषी मान्न सकिने आधार नदेखिएको भन्दै साधारण तारेखमा रिहा गरेको हो ।

छविराज ओझा र शिल्पाले वि.सं. २०७३ असारमा बिहे गरेका थिए ।

पारिवारिक मनमुटाव भएपछि गत असारमा पति छवि ओझाविरुद्ध शिल्पा पोखरेलले उजुरी दिएकी थिइन् । उनले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएकी थिइन् ।

उक्त उजुरीमा मिलापत्र गरिए पनि शिल्पाले पारपाचुके पक्रिया अगाडि बढाएकी थिइन् । शिल्पाले छविसँग पारपाचुके गर्ने प्रक्रिया अगाडि बढाएपछि छविराजकी पहिली श्रीमतीले हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१