दैनिक कति पिउने पानी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७६, आईतवार ०३:५४

काठमाडौं । पानी प्राणीका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले धेरै स्वास्थ्य समस्या देखिन्छ ।

चिकित्सकहरुले पनि धेरै पानी पिउने व्यक्ति धेरै रोगबाट बच्ने भएकाले प्रशस्त पानी पिउन सुझाव दिन्छन् ।

शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ ।

त्यसैले, दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ । ए

कैपटक बढी पानी पिउने गर्नु हुँदैन । यस्तो गर्दा मिर्गौलामा असर पर्न सक्छ । त्यसैले, केही समयको अन्तरालमा पानी पिउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१