कम उमेरमै धनीको सूचीमा परेकी ईशा अम्बानी एक्लैले जोडिन् यति सम्पत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७६, आईतवार ०३:५०

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी भारतकी सबैभन्दा व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

ईशा अम्बानी फिल्म ‘ब्याटल अफ सारागढी’ मा करण जौहरसँगै प्रोड्युशरको रुपमा देखिने भएकी हुन् । फिल्ममा अक्षय कुमारको मूख्य भूमिका रहनेछ । उनले अक्षय कुमार र करण जौहरसँगको मिटिङमा उक्त प्रोजेक्ट मन परेको बताएकी थिइन् ।

ईशा अम्बानी देशको सबैभन्दा धनि र सफल ‘बिजनेस वुमेन’ हुन् । गएको वर्ष उनको आनन्द प्रिरामलसँग विवाह भएको थियो । उनले ‘फेमिना म्यागाजिन’ को कभर पेजका लागि अहिले सम्मकै महङ्गो फोटोशुट गराएकी थिइन् । उनी ११५ मिलियन डलर सम्पत्तिकी मालिक्नी हुन् । उनले सानै उमेरमा बिजनेशमा हात हालिसकेकी छिन् ।

उनी सन् २०१५ मा फोब्र्सको सवैभन्दा कम उमेरकी धनी महिलाको सूचिमा दोस्रो नम्बरमा परेकी थिइन् । यसका साथै सन् २०१५ मा नै उनको नाम एसियाकै १२ सबैभन्दा शक्तिशाली बिजनेस वुमेनको सूचिमा परेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१