सबैभन्दा धेरै कमाउने बैक बन्यो राष्ट्रिय वाणिज्य बैक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७६, आईतवार ०३:४८

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तिय अबस्थाअनुसार गत असोसजसम्ममा बैकको नाफा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार रहेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो । राष्ट्रिय वाणिज्य बैंकले पहिलो तीन महिनामा १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेको छ भने १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा लगानी गरेको छ ।

९ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ७१ करोड राखेको छ । बैकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आधार ब्याजदर ६.६ प्रतिशत र स्प्रेड रेट ५.९६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१