अज्ञात समूहले मार्‍यो खोरमा बाँधिएका बाख्रा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७६, शुक्रबार ०४:२५

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा अज्ञात समूहले सात वटा बाख्रा काटेर मारिदिएका छन् ।

अरुण गाउँपालिका–६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माका तीन वटा र भरत विश्वकर्माका तीन वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि स्थानीयवासी त्रसित भएका छन् । खर्काउनेमा तीन किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको हुनसक्ने पनि स्थानीयवासी टीकाराम बराइलीले जानकारी दिए ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१