विद्यार्थीलाई गोडा मालिस गर्न लगाउने महिला शिक्षकलाई ५ वर्ष कैद सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७६, शुक्रबार ०४:२३

विद्यार्थीहरुलाई आफ्नो खुटा (गोडा) मालिस गर्न लगाउने महिला शिक्षकलाई ५ वर्षको सजाय सुनाइएको छ ।

यो घटना भारतको हो । भारतीय राज्य महाराष्ट्रको मलकापुरस्थित मूक बधिर स्कूलमा कार्यरत सरकारी शिक्षक शीतल अवचारलाई अदालतले ५ वर्ष कैद र ३० हजार भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

सन् २०१३ मा शीतलले एक जना छात्रलाई आफ्नो गोडा मालिस गर्न लगाइरहेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि उनलाई तत्काल निलम्बन गरिएको थियो । पछि, विद्यालय प्रशासनले शीतलविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो ।

अदालतले करिब ६ वर्षपछि उक्त प्रकरणमा आफ्नो फैसला सुनाएको हो ।

मुद्दाको पुर्पक्षका क्रममा अदालतले पीडित विद्यार्थीहरुको समेत बयान लिएको थियो । विद्यार्थीहरुले शीतलले आफ्नो खुट्टा मालिस गर्न लगाउने गरेको र मालिस गर्न नमाने यातना दिने गरेको बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१