नेमारले गरे आफुलाई घाइते बनाउने जुनिगासँग अंकमाल (तस्वीर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७१, मंगलवार ०३:०१
नेमारले आफुलाई विश्वकपमा घाइते बनाउने कोलम्बियाका खेलाडी जुनिगा सँग अंकमाल गरेका छन् । शनिबार राति भएको ब्राजिल र कोलम्बिया बीचको मैत्रीपूर्ण खेलमा नेमारले खेल सुरु हुनु अघि नै जुनिगालाई अंकमाल गरेका हुन् । विश्वकपको क्वार्टरफाइनल खेलका क्रममा जुनिगाको घुँडाले ढाडमा लागेपछि नेपारको करङको एउटा हड्डी भाँचिएको थियो । तिनै नेमार र जुनिगा फेरी एउटै मैदानमा उत्रिएका बेला धेरैले नेमारले जुनिगासँग बदला लिने अनुमान गरेका थिए । खेलका क्रममा पनि उनीहरु बीच बल खोसाखोस पनि निकै पटक भएको थियो तर नेमारले राम्रो खेल प्रर्दशन गदै जुनिगा लाई त्यस्तो कै गरेनन् । मैत्रीपूर्ण खेलमा नेमार कै ८३ औँ मिनेटमा ब्राजिलले खेल जित्यो । विश्वकपमा घाइते भएपछि नेमारले आफ्नो सपना जुनिगाले खोसेको प्रतिक्रिया दिएका थिए भने जुनिगाले नेमार आफ्नो कारणले घाइते भएकाले सञ्चारमाध्यम मार्फत माफि मागेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१