हेलिकोप्टर चढेर गोसाइँकुण्ड पुग्दा नेकपा नेताहरुको आलोचना !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७६, मंगलवार ०५:२६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेताहरु हेलिकोप्टर लिएर रसुवाको गोसाइँकुण्ड पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकोप्टरमा आइतवार गोसाइकुण्ड पुगेका हुन् ।

गोसाइँकुण्ड पुगेर कुण्डको डिलमा रहेको ढुंगामा बसेको तस्वीर नेता श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको तस्वीरमा धेरैले प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनको तस्वीरमाथि ११४ जनाले प्रतिक्रिया जनाएका छन् । जसमा धेरै जसोले हेलिकोप्टरमा गएको भन्दै आलोचना गरेका छन् ।

देशमा सार्वभौमिकता र सीमाको विषय उठिरहेको बेलामा नेताहरु मस्तीमा लाग्नु गलत भएको केही प्रतिक्रिया रहेको छ भने केहीले सरकारी खर्चमा त होला नि मस्ती भन्दै आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै समाजिक सञ्जाल फेसबुक र ट्वीटरका अन्य प्रयोग कर्ताले तस्वीरहरु सेयर गर्दै नेताहरुको विलाशी जीवन भन्दै आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१