उर्वशीले दिइन् भाइलाई २३ लाख पर्ने बाइक उपहार !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७६, शुक्रबार ०४:५६

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले भाइलाई शानदार बाइक गिफ्ट दिएकी छिन् ।

दिपावलीको अवसर पारेर उनले आफ्नो भाइलाई २३ लाख भन्दा बढी नेपाली रुपैयाँ पर्ने बाइक उपहार दिएकी हुन् । उनको गिफ्ट पाएर भाइ पनि निकै खुशी बनेका छन् । उर्वशीले भाइलाई क्रुजर बाइक गिफ्ट दिएकी हुन् ।

उनका भाइ यशराजले दिदीले दिएको गिफ्टबाट निकै खुशी बनेका छन् । भाइलाइ बाइक उपहार दिएपनि उनीहरुले यो वर्षको दिपावली भने सँगै मनाउन पाएनन् । पाइलट भएका कारण भाइ पोर्चुगलमा थिए । आफूलाई दिदीले दिएको गिफ्टमा खुशी मनाउँदै यशराजले ट्वीटरमार्फत खुशी व्यक्त गरेका हुन् ।

यो भन्दा पहिले अभिनेता राजकुमार राव ले पनि क्रुजर मोटरसाइकल खरिद गरेका थिए । भाइलाइ उक्त बाइक गिफ्ट गर्दै उनले लेखेकी थिइन्– ‘अब मरो भाइसँग दुनियाको सवैभन्दा राम्रो बहान छ । हाम्रो वर्षमा कहिले काहीँ मात्र भेट हुन्छ । यो वर्ष मैले भाइलाइ सबैभन्दा धेरै मिस गरेँ ।’

यो बाइकको भारतीय बजारमा मूल्य १४.६९ लाख भारु पर्छ । यसमा Milwaukee-Eight 107 V-Twin इन्जिन जडान गरिएको छ । यसको पावरका बारेमा कम्पनीले केही खुलाएको छैन । तर पनि ८० बीपीएचको पावर दिने बताइन्छ । यसको तौल ३०९ किलोग्राम रहेको छ । भारतमा यसलाई डुकटी र यमाहाको भी–म्याक्स बाइकसँग तुलना गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१