एमएमसीको बलिङमा कप्तान मल्ल ‘डक आउट’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७६, शुक्रबार ०४:५३

काठमाडौं । तीन दिवसीय क्रिकेटको दोस्रो इनिङका लागि व्याटिङमा उत्रिएको नेपालले पहिलो बलमा कप्तानलाई गुमाएको छ ।

एमएमसीको बलिङमा कप्तान ज्ञानेन्द्र मल्ल ‘डक आउट’ भएका हुन् ।

नेपालको तर्फबाट ओपनिङमा राजु रिजाल र ज्ञानेन्द्र मल्ल मैदानमा उत्रिएका थिए ।

नेपालविरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय ६४ रन बनाएको थियो ।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलिरहेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।

फस्ट क्लास क्रिकेटपछि नेपालले टी–ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१