रुप ज्योति ठगी आरोपमा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७६, शुक्रबार ०४:४०

काठमाडौं । व्यवसायी रुप ज्योति पक्राउ परेका छन् । पूर्व अर्थसहायक मन्त्रीसमेत रहेका ज्योति ठगी आरोपमा बिहीबार साँझ पक्राउ परेका हुन् ।

उनलाई महानगरी प्रहरी परिसरको टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। देश बाहिर रहेका उनी बिहीबार नेपाल फर्कने सूचना पाएको प्रहरी विमानस्थन नै पुगेको थियो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपको मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा अनुमति दिएको थियो। त्यसविरुद्ध उनले मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।

त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो। सर्वोच्चको फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो।

यससँगै रूप ज्योतिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनू भन्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१