सजिलो तरिका मोटोपन घटाउने ७ टिप्स् !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ भाद्र २०७१, मंगलवार ०२:३५
मोटोपनबाट चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस् । तपाइर्ंले पसिना काढेर एक्सरसाइज पनि गर्नुपर्दैन न त खान मन लागेका परिकार त्यागेर डायटिङ नै गर्नुपर्छ । हामीसँग केही सजिला टिप्स् छन् जसलाई पालना गरेर तपाईंले आफ्नो शरीरको आकार घटाउन सक्नुहुन्छ ।
मोटोपन घटाउन क्यालोरी घटाउनुपर्छ । त्यसका लागि एक्सरसाइज एउटा उपाय हो भने फुडह्याबिट बदल्नु अर्को उपाय । खानामा प्रोटिन नियन्त्रण र हलुका खानाको मेनु तयार गरेर तपाईं अनावश्यक क्यालोरी घटाउन सक्नुहुन्छ ।
हामी तपाइंलाई कामका समयमा पनि पालना गर्न सकिने टिप्स् दिन्छाँै । यी सात टिप्स् सातै दिन पालना गर्नुहोस् र अनुभव गर्नुहोस्- कुनै कडा प्रयासविना नै तपाईंको शरीर कति फिट र हलुका बन्नेछ ?easy-diet-tips-to-lose-weight-easy-ways-to-lose-weight-fast
  • १.तपाईं अफिसमा काम गर्दा कुर्सीमा लामो समय बस्नुपर्छ भने कुर्सीमा बस्दा आफ्नो खुट्टा भुइँमा ट्यापिङ गर्नुहोस् अनि लामो समय बस्नुभन्दा उठ्नुमा रमाउनुहोस् । फुर्तिलो बन्नुहोस्, अफिसमा पनि यताउता हिँड्डुल गरिरहनुहोस् । यसो गर्दा कुर्सीमा मात्र बसिरहनेको भन्दा तपाइर्ंले दैनिक तीन सय ५० क्यालोरी बर्न गर्न सक्नुहुन्छ । नियमित रूपमा दैनिक तीन सय ५० क्यालोरी बर्न गर्दा एक वर्षमा तपाइर्ंले झन्डै १६ किलो तौल घटाउन सक्नुहुन्छ ।

 

  • २.नियमित रूपमा निश्चित समयको अन्तरालमा खाना खानुहोस् । हरेकपटकको खाना चार सय क्यालोरीभन्दा नबढाउनुहोस् । हरेकपटक उत्तिकै मात्रामा खानुहोस् । नियमित अन्तरालमा खाना खाँदा यसले इन्सुलिनलाई राम्रो रेस्पोन्स गर्छ भने फास्टिङमा रगतमा कोलेस्ट्रोलको लेभल घटाउँछ । नियमित अन्तरालमा खाना खाँदा अत्यधिक खाने स्वभावमा पनि कमी आउँछ जसले गर्दा ओभरइटिङको समस्या समाधान भई क्यालोरी कम गर्न मद्दत गर्छ । जंक फुडलाई निषेध नै गर्नुहोस् ।

 

  • ३.कामको लोड बढ्यो भनेर नआत्तिनुहोस् । नियमित कामको आयतनलाई जति सकिन्छ बढाउनुहोस् । काम गरेर केही हानि हुँदैन । काम नभएको समयमा गफिनु वा कुकुरलाई लिएर वाकमा जानुभन्दा म्युजिक अन गर्नुहोस् र डान्स गर्नुहोस् । यसबाट तपाईंलाई रिपेसमेन्ट त हुन्छ नै धेरै नै क्यालोरी बर्न पनि हुन्छ ।

 

  • ४.हरेक दिन कम्तीमा पनि आठ गिलास चिसो पानी पिउनुहोस् । पानी केबल प्यास मेट्नका लागि मात्र होइन, यसले शरीरको मेटाबोलिज्मलाई तीव्र बनाउन मद्दत गर्छ । जर्मनीका अनुसन्धानकर्ताले लामो समय गरेको अध्ययनले के देखाएको छ भने दैनिक आठ गिलास चिसो पानी पिउनाले मेटाबोलिक रेट ३० प्रतिशतले बढ्छ । चिसो पानी पिउँदा शरीरको एकतिहाइ शक्ति पानीलाई तातो बनाउनमा खपत हुन्छ । अनि शरीरले पानीलाई सोस्न पनि थप शक्ति खर्च गर्छ । पानी पिउँदा क्यालोरी बढ्दैन, बरु पानी शरीरमा सोसिनका लागि क्यालोरी खर्च हुन्छ । हामीले कोल्ड डि्रंक्स पिउँदा विभिन्न तत्त्वका साथै क्यालोरी पनि पिइरहेका हुन्छौँ । त्यसैले कोल्ड डि्रंक्सलाई निषेध गरौँ र शुद्ध पानी त्यो पनि सकेसम्म चिसो पानी पिउने गरौँ । खाना र स्न्याक्स खानुअघि र गुलियो पदार्थ तथा जुस पिएपछि पानी पिउनुहोस् ।

 

  • ५.लिफ्टको प्रयोग गर्न छोड्नुहोस् । सिँढी चढ्ने/ओर्लने बानी गर्नुहोस् । एकैछिन फुर्सद मिल्दा स-साना बच्चाले जस्तो सिँढीको एउटा खुड्किलोमा उभिएर घरी माथि उक्लने र घरी तल झर्ने गर्नुहोस् । यसले तपाईंलाई रमाइलो अनुभूति हुनेछ, अनि रमाइलोमै तपाईंको क्यालोरी पनि बर्न भइरहेको हुनेछ ।

 

  • ६.आफ्नो झोलालाई बोझ सम्झन छोड्नुहोस् । झोला गह्रौं भयो भन्दैमा झोला बोक्न कसैको सहायता माग्नुभन्दा आफ्नो झोलाको बोझलाई उचाल्ने बानी गर्नुहोस्, जसले गर्दा झोलाले डम्बेलको काम गर्छ र तपाइर्ंको क्यालोरी घटाउँछ । सकेसम्म एउटा हातमा नियमित ब्याग र अर्को हातमा सामान किनेको झोला बोक्नबाट नडराउनुहोस् । कतै ट्राभलमा हुनुहुन्छ भने एउटा ठूलो सुटकेस बोक्नुको सट्टा स-साना दुईवटा सुटकेस लैजानुहोस्, जसले गर्दा सुटकेस बोक्न कसैको सहयोग माग्नुपर्दैन र तपाइंको क्यालोरी घटाउन पनि यसले थाहै नपाई सहयोग गरिरहेको हुन्छ ।

 

  • ७.हरेकपटकको खानामा चार ग्राम फाइबर समावेस गर्न नबिर्सनुहोस् । उच्च फाइबरयुक्त खानाले तपाईंको क्यालोरी इन्टेक घटाउँछ । हरेक दिन खानामा कार्बोहाइड्रेटलाई कम गरी कम्तीमा २५ ग्राम फाइबर खानुहोस् । फाइबरले कार्बोहाइड्रेट इन्टेकलाई घटाउने मात्र होइन, फाइबरयुक्त खाना बढी चपाउनुपर्छ जसले पचाउन सहयोग पुर्‍याउने हार्मोनको उत्पादन वृद्धि गर्छ । खाजाको समयमा पनि टिडबिड्सभन्दा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको भोजनमा फाइबरको मात्रा बढाउन सघाउ पुग्छ । एउटा ठूलो स्याउमा तपाईंले ५ ग्राम फाइबर पाउन सक्नुहुन्छ । यस्तै एक कचौरा काँचो ब्रोकाउलीमा पनि ५ ग्राम फाइबर पाइन्छ ।

प्रतिक्रिया