दैनिक २० मिनेट घाममा बस्दा क्यान्सर र हड्डीको समस्या भएकालाई फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०७६, शुक्रबार १०:५०

भिटामिन डि एक प्रकारको भिटामिन हो । यो भिटामिनले हाम्रो सम्पूर्ण स्वास्थ्य र हड्डीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामीन डि ले शरीरको मांसपशी, मुट, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।

भिटामिन डिले कसरी काम गर्छ ?
भिटामिन डि शरीरको छालामा रहेको हुन्छ । घामको किरण शरीरमा पर्दा शरीरमा रहेको भिटामिन डि सक्रिय रुपमा परिवर्तन हुन्छ । सक्रिय भएको भिटामिन डि ले हाम्रो शरीरमा विभिन्न प्रक्रियाद्धारा शरीरमा लाहिने क्यल्सियम फोस्पोसर बढाउन र शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

भिटामिन डि को काम यस्तो छ
– दाँत बलियो बनाउछ,

–शरीरमा क्याल्सियम र फोस्फोरसको मात्रा सन्तुलन राख्न मद्दत गर्छ,

– स्तन र आन्दाको क्यान्सर हुने सम्भावना कम गराउछ,

– हड्डी सम्बन्धी रोगहरु कम गर्छ,

–रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यस्ता व्यक्तिलाई भिटामिन डि कम हुन्छ

–पाँच वर्ष मुनिका बालबालिका,

–६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरु,

–गर्भधारण गरेका तथा सुत्केरी महिला,

–कालो छाला भएका व्यक्तिहरु,

–घाममा थोरै समय बस्ने व्यक्तिहरु ।

भिटामिन डि कमी भएको यसरी थाहा पाउनुस्

–धेरै थकाइ लाग्नु,

–मांशपेशी कमजोर हुनु,

– ढाड,खुट्टा, पाइतला दुख्नु,

–चिडचिडापन हुनु,

–बालबालिकाको हड्डी राम्रोसँग विकास नहुनु ।

यस्ता खानामा पनि पाइन्छ भिटामिन डि

–अण्डा,

–साल्मोन माछा,

–च्याउ,

– पौष्टिक आहार ।

शरीरलाई भिटामिन डिको परिपुर्ती गर्न धेरै गाह्रो छैन । दैनिक १० देखि २० मिनेट घाममा बस्दा शरीरले आवश्यक भिटामिन डि प्राप्त गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१