भिडियोका कारण ‘ट्रोल’ भइन् मलाइका !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७६, बुधबार ११:०३

फिटनेसका कारण चर्चामा रहने बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा खुबै सक्रिय रहने गर्छिन् । उनी अक्सर जिमबाहिर रहने गर्छिन् । उनले जिम गरेका तस्वीर पनि शेयर गर्ने गर्छिन् । कति तस्वीर र भिडियो त सामाजिक सञ्जालमा भाइरल पनि भएको हुन्छ ।

अहिले भने फ्यानले उनलाई ट्रोल बनाएका छन् ।

खासमा इन्स्टाग्राममा एक पत्रकारले मलाइकाको एक भिडियो सार्वजनिक गरेका छन् । जसमा एकै दिन उनी दुईपटक देखिइन् । एकपटक उनी जिमका बाहिर देखिइन् भने अर्कोपटक डान्स क्लबका बाहिर उनलाई देखियो ।

भिडियोमा क्याप्सन दिइएको छ – मलाइका अरोरा जिमबाहिर र डान्स क्लबका बाहिर । उनको स्टामिना देखेर बुझ्न सकिन्न कि, आखिर उनी के खान्छिन् ?

यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा मिडिया युजर्सले मलाइकालाई ट्रोल बनाएका छन् । एक युजरले लेखे, बलिउडका सबै कलाकार हरेक दिन जिम जान्छन्, तर फोटोमा किन मलाइका मात्र देखिन्छिन्?

अर्का एक प्रयोगकर्ताले भिडियो पोस्ट गर्नेलाई लेखेका छन्, ‘म बताऊँ? ऊ के खान्छिन् हैन, बस तपाईंलाई पैसा खुवाऊँछिन् ।’

मलाइका पछिल्लो समय आफ्ना ब्यायफ्रेन्ड अर्जुन कपूरसँग रोमान्स गरिरहेकी छिन् । यही कारणले पनि उनी बारम्बार चर्चामा रहन्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१