६ लाख ७८ हजार नगदसहित ८ जुवाडे पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०७६, सोमबार १२:१०

दाङ । जुवा, तास र कौडा खेलिरहेका आठ जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७८ हजार रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

दाङको लमही(५ लमही बजार बस्ने बर्ष ४८ को रत्न प्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेका गोप्य सूचनाका आधारमा लमही प्रहरीले रत्न प्रसाद श्रेष्ठ सहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा प्रकाश खड्का, कर्ण ब। बुढाथोकी, अमर ब। तामाङ लगायत रहेका छन् ।

उनीहरुका साथबाट प्रहरीले १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा थान ३२ समेत बरामद गरेको छ।

उनीहरूलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्बन्धी) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१