नेपाली राजदूतावास, मस्कटको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७६, बिहीबार ०६:५९

२०७६ सालको चाडवाडलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले एक शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा गायकद्वय श्री सत्यराज आचार्य, स्वरूपराज आचार्य तथा नेपाली चलचित्र ए मेरो हजुर-३ लाई ओमनमा प्रदर्शन गर्न आउनुभएका उक्त चलचित्रका निर्देशक तथा प्रोड्युसर झरना थापा तथा सुनील थापा र नायिका सुहाना थापा लगायतको अतिथिहरू उपस्थित हुनुहुन्थ्यो। महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घघाटन गर्नुभएको थियो।नेपाली दूतावासका द्वितीय सचिव श्री सोमेश थापाले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभयो। कार्यक्रममा ओमनमा बस्ने नेपाली दाजुभाई, दिदिबहिनीहरू तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना प्रदान गर्नुभयो। स्थानीय नेपाली दाजुभाईहरूले कार्यक्रममा विभिन्न साँगीतिक प्रस्तुति दिनु भएको थियो।कार्यक्रममा नेपालबाट पाल्नुभएका गायकद्वय श्री सत्यराज आचार्य, स्वरूपराज आचार्यले बेजोड साँगीतिक प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा महामहिमज्यूले गएको बिजयादशमी, आउँदो तिहार, छठ पर्व तथा नेपाल सम्वत् ११४० , उधौली उभौली, अन्य सबै को सुअवसरमा ओमनमा बस्ने सबै नेपालीलाई सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै परदेशमा रहेर पनि नेपालको कला संस्कृति तथा परम्परालाई जहाँ भएपनि निरन्तरता दिन आग्रह समेत गर्नुभयो।महामहिम राजदूतज्यूले नेपाली संगीत, कला, चलचित्रहरूले सकारात्मक सोचलाई बढावा दिने तथा समाज र राष्ट्र निर्माणमा समेत ठूलो योगदान दिन सक्ने विचार अभिव्यक्त गर्नुभयो। नेपाली संगीतको प्रबर्द्बनमा सहयोग गर्ने तथा नेपाली भाषाको गित गाउने पहिलो अरबिक गायक हाइथम रफि, गायकद्वय सत्यराज तथा स्वरूपराज आचार्यलाई महामहिम राजदूतज्यूले नेपाली राजदूतावासको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो। श्रम सहचारी श्री कृष्णा कुमारी गौलीज्यूले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा करिब १०० जना नेपालीहरू, नेपाली राजदूतावासका कर्मचारीहरू तथा कर्मचारी परिवारहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१