विश्व सैनिक खेलकुदमा तुलसाद्वारा राष्ट्रिय कीर्तिमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७६, बुधबार ०६:३८

काठमाडौं । चीनको उहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

प्रतियोगितामा सेनाकी खत्रीले आज ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन् ।

एक्काइस देशका खेलाडी सहभागी उक्त दौड खत्रीले ५९ दशमलव ५७ सकेण्डमा पूरा गरेकी हुन् । यसअघि उक्त दौडको कीर्तिमान प्रमिला रिजालको नाममा थियो । रिजालले सन् २०१० मा उक्त दौड ५९ दशमलव ९० सकेण्डमा पूरा गरेकी थिइन् ।

मंगलबार सञ्चालन भएको महिलातर्फको एक सय मिटर दौड नेपाली सेनाकी सरस्वती चौधरीले १२ दशमलव ६६ सकेण्डमा पूरा गरी व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । उक्त दौडमा २६ देशका खेलाडी सहभागी थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार बीच भलिबल, आर्चरी र महिला बक्सिङका खेल सम्पन्न भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१