दोलखामा एक स्पेनी नागरिकको मत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७६, सोमबार ०६:२२

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा एक स्पेनी नागरिकको मृत्यु भएको छ । रोल्वालिङ हिमश्रृङ्खलाअन्तर्गतको छिकिमागो हिमाल आरोहणका लागि गएका ४४ वर्षीय लुइस फिलिप भल्भर्दी गुजम्यानको हिउँमा चिप्लिएर मृत्यु भएको हो ।

सो घटनामा अर्का स्पेनी नागरिक डेभिड सुइला फर्नान्डिज घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश बोहोराले जानकारी दिए । घाइते फर्नान्डिजलाई सिम्रिक एयरको हेलिकप्टरमा उद्धार गरी आज उपचारका लागि काठमाडौँ लगिएको छ ।

हिमाल आरोहणमा गएका चार स्पेनी नागरिक भरियासहित गत असोज १२ गते सो हिमाल आरोहण गर्न गएको बताइएको छ । अरु सबै जना सकुशल रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१