पाँचौं विवाहलाई लिएर जेनिफर चर्चामा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७६, सोमबार ०६:१५

एजेन्सी । अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेज विभिन्न काण्डले चर्चामा आइरहन्छिन् । कहिले तस्वीर काण्डका कारण त कहिले विवाहको विषयलाई लिएर । हालै उनी पाँचौ विवाहको विषयलाई लिएर चर्चामा छिन् ।

केही समय पहिले इन्स्टाग्राममा अपलोड गरेको तस्वीरलाई लिएर उनीमाथि कपीराइटको मुद्दा लागेको थियो । एक फोटो एजेन्सीले अनुमतिविना आफ्नो प्रमिकाको तस्वीर इन्टामा राखेको आरोप लगाउँदै एक जनाले डेढ लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको हो ।

जेनिफरले त्यो तस्वीर दुई वर्ष पहिले इन्सटाको स्टोरीमा राखेकी थिइन् । त्यसपछि उनीमाथि विनाअनुमति तस्वीर प्रयोग गरेको आरोप लागाइएको थियो ।

केही दिन पहिले जेनिफरले बताएकी थिइन आफूलाई ल्याटिन मूलकी भएका कारण धेरै भूमिकाबाट समेत बन्चित गराइन्थ्यो । ३० वर्ष पहिले उनलाई भनिन्थ्यो तिमी ल्याटिन हौ । तिमीले नोकरानीको भूमिका निभाउनुपर्छ ।

लोपेज अहिले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँगको सम्बन्धमा छिन् । दुई वर्षसम्म डेटिङ गरेर उनीहरुबीच हालै इन्गेज्मेन्ट समेत भइसकेको छ ।

जेनिफरले १९९७ मो ओजनी नोआसँग विवाह गरेकी थिइन । ओजनी नोआसँगको सम्बन्धविच्छेदपछि जेनिफले क्रिस जुडसँग विवाह गरिन । २००२ मा उनले एफ्लेकसँग विवाह गरेकी थिइन । दुई वर्षपछि उनीसँग पनि सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि २००४ मा उनले पुराना साथी मार्क एन्थनीसँग विवाह गरेकी थिइन ।

अहिले एलेक्ससँग सम्बन्धमा रहेकी उनको विवाहको डेट भने फिस्क भएको छन् । एलेक्ससँग विवाह भएमा उनको यो पाँचौ विवाह हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१