लेडी गागाले ट्वीट गरिन् संस्कृत श्लोक, सामाजिक सञ्जालमा तहल्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७६, सोमबार ०६:१३

अमेरिका । अमेरिकन गायिका तथा हलिउड अभिनेत्री लेडी गागाले संस्कृतमा ट्वीट गरेकी छिन् । उनले संस्कृतमा ट्वीट गरेपछि सामाजिक सञ्जालमा छाएकी छिन् ।

‘लोकाः समस्ताः सुखिनो भवन्तु,’ गागाले लेखेकी छिन् ।

यसको अर्थ हुन्छ – संसारका सबै मान्छे सबै प्रकारले खुशी रहून् ।

Lady Gaga

@ladygaga
Lokah Samastah Sukhino Bhavantu

109K
2:02 AM – Oct 20, 2019
Twitter Ads info and privacy
36.5K people are talking about this
उनको ट्वीटपछि यो श्लोक सामाजिक सञ्जालमा भाइरल भएको छ । स्टार गायिकाको ट्वीट पढेर पूर्वीय दर्शन मान्नेहरु पनि खुशी भएका छन् । नबुझ्नेले पनि यसको सन्देश बुझ्न खोजिरहेका छन् ।

ट्वीटलाई रिट्वीट गर्ने र प्रतिक्रिया जनाउनेको सङ्ख्या बढ्दो छ । लेडीको ट्वीटसँगै भारतीय र नेपाली फ्यान थप खुशी भएका छन् । किनभने संस्कृत भाषा पूर्वीय सभ्यताको जननी भाषा मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१