पढ्नुपर्ने कुरा निकै धेरै, परीक्षाहलभित्र छिरेपछिको वातावरण तथा छोटो समयमा धेरै कुरा लेख्नुपर्ने कारणले गर्दा पढेको वा जानेको कुरा समेत परीक्षा हल भित्र छिरेपछि भुसुक्कै बिर्सने वा लेख्न नसक्ने समस्या धेरैको हुन्छ। चाहे जुनसुकै उमेरका विद्यार्थी किन नहोउन् यो समस्या देखिएकै हुन्छ । यहीँ भुल्ने बानीले होला परीक्षामा शत प्रतिशत नतिजा आउँदैन ।
स्मरण शक्ति बढाउने भन्दै मानिसले विभिन्न खाले उपाय अपनाउँछन् र विभिन्न खालका औषधि खान पनि पछि पर्दैनन् । तर यस्ता औषधि उतिसारो कामयावी हुन सक्दैनन् । परीक्षाहलमा छिरेपछि पढेको कुरा बिर्सिने वा लेख्न नसक्ने समस्या हटाउन योगाको सहारा लिनु उपयुक्त हुने योग विशेषज्ञहरुको भनाइ छ ।
विधि : पैताला जोडेर सिधा उभिनुहोस् । एक हातलाई सिधा अगाडि लग्नुहोस् भने अर्कोलाई सिधा तल झार्नुहोस् । त्यसपछि सबै ध्यान मस्तिष्कमा केन्द्रित गर्नुहोस् । दश पटक लामो सास लिनुहोस् । र छाड्नुहोस् । माथिपट्टि हेर्नुहोस् र शरीर सिथिल पार्नुहोस् । यो प्रक्रिया केहीबेर दोहोराउनुहोस् । दैनिक यस्तो योगा गर्दा स्मरण शक्ति बढ्छ । मन शान्त हुन्छ । आँखाको व्यायाम पनि हुन्छ र मस्तिष्कको शक्तिको विकाश हुन्छ । साथै टाउको दुख्ने समस्या कम हुनुका साथै आँखाको दृश्य क्षमता पनि बढ्छ ।
१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ ।
२. आफ्नो नोट आफैँ बनाउने : धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधी सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।
३. लेख्ने पूर्वाभ्यास : पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटी अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।
४. सर्टकट बनाएर पढ्ने : कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।
५. प्रयोगात्मकमा ध्यान दिने : पढ्ने विषय पूरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ तपाईं नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरुले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।
६. प्रश्नोत्तर गर्ने : साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरुमा हुन्न ।सानो टिम बनाउनुस्, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।
७. साथीहरुसँग पर्याप्त छलफल गर्ने : पढ्दापढ्दै कुनै टपिक्स बुझिदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचीको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्राया विषय समेत सहज बन्छन् ।
८. सिम्बोल दिने : पढेका कुरालाई याद गर्नलाई संकेत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।
९. टाइमटेबल बनाउने : बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।
१०. चार्ट बनाएर पढ्ने : धेरैजसो पढाइमा टप गरेका ब्यक्तिको पढाई शैली हेर्दा उनीहरुले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । जस्तै करबारे पढ्दै हुनुहुन्छ भने करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।
प्रतिक्रिया