यी हुन् परीक्षामा पास गराइदिने लालच दिएर यौ’नसम्बन्ध राख्न लगाउने शिक्षिका !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७६, शनिबार ०७:४५

काठमाडौं । के हुन्छ जब शिक्षक वा शिक्षिकाले विद्यार्थीलाई परीक्षामा पास हुनको लागि आफुसाग यौ नसम्बन्ध राख्न अनुरोध गर्छन ? यस्तै, सनसनीपुर्ण काण्ड बजारमा आएको छ । यस घटनामा संलग्न महिला कलेजकी प्राध्यापकलाई मद्रास उच्च अदालतले पक्राउ गरेको ११ महिना पछि उनीलाई सशर्त जमानत दिएको छ । न्यायाधीश एन किरुबाकरण र मदुरै पीठका एसएस सुन्दरले निलम्बित सहायक प्राध्यापक निर्मला देवीलाई जमानत दिएका हुन् ।

प्रोफेसरमाथि आरोप छ कि उनले मदुरै कामराज विश्वविद्यालयका वरिष्ठ अधिकारीहरूसँग शारीरिक सम्बन्ध राखेर महिला विद्यार्थीहरूलाई राम्रो अंक ल्याएर पास गराइदिने लालच दिने गर्थिन । सरकारी वकिलले अदालतमा भने कि उनलाई जमानत दिदाँ कुनै आपत्ति छैन ।

अदालतले प्राध्यापकलाई अनुसन्धानमा पुलिसलाई पूर्ण सहयोग गर्न निर्देशन दियो र मिडियामा कुनै पनि प्रकारको अन्तर्वार्ता नदिन भनिएको छ । यसले अनुसन्धानलाई असर पार्ने अदालतको बुझाई रहेको छ । यसभन्दा पहिले तल्लो अदालत र उच्च अदालतले जमानत अपिल खारेज गरेको थियो । निजी कलेज देवानगा कला कलेजकी प्राध्यापक देवी गत वर्ष पक्राउ गरिएको थियो ।

विद्यार्थीसँग प्राध्यापकको कुराकानीको अडियो भाइरल भए पछि कलेज र महिला फोरमको गुनासोमा उनका विरुद्ध कारबाही गरियो । अडियो क्लिपमा, प्रोफेसरले कथित रूपमा विद्यार्थीहरूलाई केही अधिकारीहरूसँग यौ नसम्बन्ध राख्न सल्लाह दिइरहेका सुन्न सकिन्छ ।

पक्राउ गर्नु भन्दा पहिले कलेजले आन्तरिक अनुसन्धान गरेपछि प्राध्यापकलाई निलम्बन गरेको थियो । अडियो फेला परेपछि जब विवाद बढ्यो तब यो विवाद राज्यको सीआईडीलाई हस्तान्तरण गरियो ।

देवीको सोधपुछको आधारमा प्रहरीले सहायक प्राध्यापक भि मुरुगन र अनुसन्धानका विद्यार्थी करुप्पसमीलाई पनि यस मुद्धामा संलग्न भएको आरोपमा गिरफ्तार गरेको छ । उच्च अदालतले निवेदन अस्वीकार गरेपछि दुबैलाई सर्वोच्च अदालतले जमानत दिएको हो । गत वर्ष सीबी–सीआईडीले २०० पृष्ठको आरोपपत्र अदालतमा दायर गर्यो । यसभन्दा पहिले, १६०० पृष्ठको प्रि–चार्जशीट जुलाई महिनामा फाइल गरिएको थियो । एनडीटिभी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१