चलेन प्रियंकाको ‘द स्काइ इज पिंक’ घाटा लाग्यो ‘भारत’ छोडेर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०७६, बुधबार ०५:२०

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्म ‘द स्काइ इज पिंक’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । झण्डै ५० करोडको लागतमा बनेको यो फिल्मले तीन दिनमा केवल १० करोड रुपैयाँको व्यापार गरेको छ ।

भारतीय मिडियाका अनुसार फिल्मले पहिलो दिन २.५० करोड, दोस्रो दिन ४ करोड र तेस्रो दिन ४ करोड २० लाख रुपैयाँ व्यापार गरेको छ । मध्यम बजेटमा बनेको यो फिल्मको प्रदर्शन निराशाजनक रह्यो ।

पछिल्लो समय प्रियंका चोपडा हलिउडमा नै व्यस्त छिन् । उनलाई सलमान खानको फिल्म ‘भारत’ बाट अफर आएको थियो । तर, उनले उक्त फिल्म गरिनन् । ‘द स्काइ इज पिंक’ एक हिसाबले प्रियंकाका लागि कमब्याक फिल्म थियो ।

सलमान खानले कैयन् पटक प्रियंकाका विरुद्ध बोलेका थिए । यही कारण सलमानका फ्यानले प्रियंकाको फिल्म नहेरेको धेरैले अनुमान गरेका छन् । लामो समयपछि पर्दामा आएकी प्रियंकाको यो फिल्म नचल्दा उनको क्रेज सकिएको पनि कतिले मूल्याङ्कन गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१