निबुवा खानुहुन्छ ? फाइदाबारे जानीराख्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७६, मंगलवार ०५:०९

नेपालीहरुको महान चाड दशै अझै सकिएको छैन । दशमीको दिनदेखी पूर्णिमासम्म टिका लगाउने र ठूला बडाको आर्शिवाद लिने चलन रहेको छ । तपाईको घरमा पनि दशैं अझै सकिएको छैन होला । आफन्त र परिवारले तपाईको घरमा रमाइलो भइरहेको होला ।

दशैंमा मासुलाई विशेष परिवारको रुपमा लिइन्छ । तर अष्टमीकै दिनदेखि घरमा मासु खाँदा अहिलेसम्म तपाईलाई मासुप्रति अरुची पनि बढेको हुनसक्छ । गाउँघरमा यो समयमा मासु मात्र होइन, अम्बा, भोगटे, निबुवा पनि पाइन्छ ।

यो समय परिवार र आफन्तसँगै बसेर अमिलो निबुवामा नुन खुर्सानी हालेर सादेर खाने गरिन्छ । सायद तपाईले पनि खाने तयारी गर्दै हुनुहुन्छ होला । परिवार र आफन्त जम्मा भएर निबुवा खादा रमाइलो मात्र हुँदैन । तपाईको स्वास्थ्यलाई पनि फाइदा पुग्छ । निबुवा खाँदा स्वास्थ्यलाई हुने फाइदाबारे तपाईलाई थाहाँ छ ? यदी छैन भने हामी बताउछौं ।

निबुवाको फाइदा यस्तो छ

– निबुवाले मासु तथा खाना पचाउन सहज बनाउँछ,

–तपाईको घाँटीलाई सफा गर्छ,

–निबुवामा हुने अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ,

–निबुवालाई चुक बनाएर प्रयोग गर्न सकिन्छ । निबुवाको चुक सुन्निएको ठाउँमा प्रयोग गर्न पनि सकिन्छ,

–निबुवाको बा्ेक्रा सेवन गर्दा चिसोले घाँटीमा भएको कफ हटाउँछ,

– निबुवाको विउ पायल्स, पित्त विकार र जलन हटाउँछ,

–निबुवाले भोक जगाउँछ,

–निबुवा खाँदा पिसाब सम्बन्धी खराबी पत्थरी, दाँतको दुखाइ कम गराउन सहयोग पुग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१