भिटामिन ए र जुकाको औषधि कात्तिक २ र ३ गते खुवाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७६, मंगलवार ०५:०६

सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणमा ७ सय ५३ वटै पालिकाहरुमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

सरकारले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बाल बालिकाहरुको पोषण अवस्था परिक्षण गरी ६ देखि २३ महिनाका बाल बालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा समेत वितरण गर्ने जनाएको छ ।

बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा वितरणका लागि पालिका तथा पालिका मातहतमा रहेका निकाय खटिनेछन् ।

परिवार कल्याण महाशाखाका अनुसार ६ महिना देखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइदै छ । यस्तै १ बर्षदेखि ५ बर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१