पूर्व युवराज पारस र सोनिकाको भिडियो सामाजिक सञ्जालमा भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७६, मंगलवार ०४:५६

काठमाडौं । पूर्व यूवराज पारस शाह र युट्युवर सोनिका रोकाको भिडियो सामाजिक सञ्जालमा भाइरले बनेको छ ।

भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् ।

‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् ।

त्यसपछि उनको बाइकमा एउटा केटी बस्छिन् । उनलाई लिएर मोटसाइकल हुइकिन्छ । मोटरसाइकलको पछाडि बस्ने केटी उनै सोनिका हुन् ।

अश्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् । केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक भएको थियो ।

सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । भिडियोमा पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग हिड्नु शोभनीय नहुने अधिकांशले टिप्पणी गरिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१