काठमाडौं । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद अफ्ताब आलमको सेवासुविधा र पारिश्रमिक रोक्का भएको छ । फौजदारी अभियोग लागेका सांसद आलम पक्राउबारे सोमबार संघीय संसद सचिवालयले सूचना जारी गरेको छ ।
आलम आइतबार आफ्नै गृहजिल्ला रौतहटबाट पक्राउ परेका थिए । सूचना प्रकाशन भएपछि उनले सांसदका रुपमा पाउँदै आएको पारिश्रमिक, सेवा र सुविधा स्थगन हुने कानुनी व्यवस्था छ । आलम जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा छन् ।
जिल्ला अदालत रौतहटले असोज २६ गते कर्तव्य ज्यान मुद्दाको सिलसिलामा आलमलाई पक्राउ गर्न अनुमति दिएको संसद सचिवालयको सूचनामा उल्लेख छ । आलमलाई राजपुर नगरपालिका वडा नं १ स्थित इद्रिस गेटबाट सो मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको सूचनामा जनाइएको छ । सुरु देखिनै पिडितको न्यायको लागि अधिबक्ता पुष्पराज पौडेलले सहयोग गर्दै आइरहेका थिए ।
पीडक भनिने सांसद मोहम्मद अफ्ताब आलमले यस्तो सम्म गरेका थिए। पिडितको पक्षबाट यसरि बोल्दै आइरहेका अधिवक्ता पौडेलले सांसद मोहम्मद अफ्ताब आलमबारे बोलेको केहि समय पछि पक्राउ परेका थिए आलम हेर्नुस यो भिडियो :
यस्तो छ अदालतको आदेश :
प्रतिक्रिया