माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांस वितरण गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७६, सोमबार १३:३५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चुक्ता पुँजीको १६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ।

बैंकले सेयरधनीहरुलाई ११ प्रतिशत नगद र ५ प्रतिशत सेयर लाभांस वितरण गर्ने भएको हो। आज सम्पन्न २१औँं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

बैंकले गत आर्थिक वर्ष १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपंैया संचित छ ।

१४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट ७ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१