कौडाको खालबाट बुढानिलकण्ठमा ११ जना पक्राउ, ४ लाख नगद बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७६, सोमबार ०५:१५

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठको भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ लाख भन्दा बढी नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले उक्त जुवा खेल्ने अड्डामा आइतबार राति साढे १० बजे छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग बुढानिलण्ठबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१