चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटल पूरै रिजर्भ, भाडा कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०७६, आईतवार ०५:१५

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा पुरै रिजर्भ गरिएको छ। २ सय ८२ वटा कोठा भएको साेल्टी होटल सीको भ्रमणका लागि नेपाल सरकारले तीन दिनका लागि बुक गरेको छ ।

सुरक्षाका कारण होटेलमा अन्य सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्मका लागि सबै कोठा बुक गरिएको हो । बुक गरिएका २ सय ८२ वटा काेठामा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नेछन्। उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका उपहार पसलहरू पनि बन्द हुने भएको छ।

सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । जसअनुसार सबै काेठाकाे तीन दिनको भाडा एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१