काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीचको शिष्टाचार भेटवार्ता भएको छ ।
दुई दिने राजकीय भ्रमणका लागि शनिवार(आज) अपराह्न नेपाल उत्रिएका चिनियाँ राष्ट्रपति सी चिनफिङ शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका थिए ।
सीले राष्ट्रपति भवन शीलत निवासमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् । दुई जनाबीचको शिष्टाचार भेटवार्तापछि द्विपक्षिय छलफल भएको थियो ।
प्रतिक्रिया