सिन्धुपाल्चोक बस दुर्घटना- मृतकका परिवारलाई गाउँपालिकाको २५ हजार रुपैयाँ राहत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७६, शनिबार ०७:२५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-१० मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार तत्कालै उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै घाइतेको उपचारमा गाउँपालिकाले आबश्यक सबै सहयोग उपलब्ध गराउने जनाएको छ ।

इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१