छिमेकि मुलुक चिनको राष्ट्रपतिको भ्रमण दुवै मुलुकको हितमा – रमेशकुमार महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७६, शनिबार ०७:००

चिनियाँ राष्ट्रपति शी चिनफिङले आज नेपालको सद्भावपुर्ण भ्रमण गर्दै हुनुहुन्छ जुन भ्रमण एऊटा अशल छिमेकि मुलुकको लागि अत्यन्त स्वागत योग्य विषय हो।हामि दुई ठुला शक्ति राष्ट्रका विचको छिमेकि मुलुक हौ । दुवै छिमेकि मुलुकहरुवाट हामिले राष्ट्रहितको लागि फाईदा लिन सक्नु पर्दछ।केहि दिन अघि पुर्व अर्थ मंन्त्री सुरेन्द्र पाण्डेले छिमेकि मुलुक चिनको भ्रमणको अनुभबको विषयमा लेख्नु भएको थियो।विगतको अनुभव लेख्दै पुर्व मंन्त्री पाण्डेले भ्रमणको क्रममा लामो योजनाहरुको सुचि वोकेर गएको यात्रा अनुभवको विषयमा आफ्नो विचार अभिव्यक्त गर्नु भएको थियो।हामिले आफ्नो मुलुकको आवस्यकताको पहिचान गरेर मात्र छिमेकि मुलुक संग योजना प्रस्ताव गर्नु पर्दछ,जुन विषय मुलुकको आवस्यकता हो कि होईन त्यस विषयको बृस्तित अध्ययन हुनु पर्दछ ।यदि छिमेकि मुलुक संग ऋण लिने हो भने हाम्रो त्यो ऋण तिर्न सक्ने क्षमता छ कि छैन यस विषयमा गहिरो अध्ययन हुनु जरुरि छ । अहिले नेपाल सरकारले प्रस्ताव गर्ने भनिएको केरूंग-काठमाण्डौ रेलमार्गको पनि वृस्तित अध्ययन गरिएको छैन यो योजनाको लागि यदि ऋणमा लिने हो भने त्यो नेपालले धान्न सक्छ या सक्दैन यो गम्भीर विषय हो । आजको नेपालको आवस्यकता राम्रो सडक हो काठमाण्डौ-केरुंग नाकालाई सहज वनाऊने हो भने टोखा-छहरे सडक खण्डको प्रस्तावित सुरुंग मार्गलाई अनुदानवाट निर्माण गर्न सके हितकर हुनेछ। राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणको सफल रहोस जसवाट नेपाल र चिन दुवै मुलुकले फाईदा लिन सफल रहोस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१