सुस्मिताको बेस्ट फ्रेन्ड सलमान खान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७६, शनिबार ०४:४०

मुम्बई । सन् १९९४ की मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेन सलमान खानलाई आफ्नो बेस्ट फ्रेन्ड मान्छिन्। मित्रता निर्वाह गर्ने मामिलामा बलिउड फिल्म इन्डस्ट्रीमा सलमानको कसैसँग तुलना हुन नसक्ने उनले बताएकी थिइन्।

उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘आजको कमर्सियल युगमा साँचो मित्र पाउन गाह्रो छ। मलाई संसारमा एक जना मान्छे सही अर्थमा मित्रताको आदर्श उदाहरण लाग्छ। उनी सलमान खान हुन्। सलमान मित्रताको अर्को नाम हो। उनी मतलब सिद्ध गर्नका लागि साथी बन्दैनन्। मित्रता निर्वाह गर्न जान्दछन्।’

सलमान र सुस्मिता पुराना साथी हुन्। आफूलाई सुझाव आवश्यक पर्दा सदा सलमान हाजिर हुने सुस्मिता बताउँछिन्। उनले एक चोटिको घटना सम्झँदै एक पत्रिकासँग भनेकी थिइन्, ‘राति २ बजे मेरी छोरी रिनी बिरामी परिन्।

राति डाक्टरलाई कसरी बोलाउने होला भन्ने चिन्तामा थिएँ। मैले सलमानलाई फोन गरेँ। उनको घरमा पार्टी भइरहेको रहेछ। उनी पार्टी–सार्टी छोडेर डाक्टर लिएर मेरो घरमा आए।’ सलमान साथीका लागि ज्यान दिने मान्छे भएको सुस्मिताको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१