पाचनमा समस्या भो, के गर्ने ? यसरी गर्नुस् समाधान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७६, शनिबार ०४:३०

काठमाडौं । पाचन तन्त्रले भोजनलाई उर्जामा बदलेर शरिरलाई चाहिने उर्जा तागत प्रदान गर्दछ । यसैले राम्रो डाइजेशन विना व्यक्ति स्वस्थ्य रहन मुश्किल हुन्छ । पाचन क्रिया खराब भएमा नत तपाईंले खाएको पच्दछ नत शरिरलाई नै आवश्यक पोषण मिल्छ । खराब पाचनको कारण तपाईंको आन्द्रा तथा पेट दुखाई हुने, कब्जियत, ग्याँस जस्ता समस्याहरु देखा पर्दछन् ।

चिकित्सकहरु धेरै रोगहरुको मुल कारण खराब पाचनलाई लिने गर्दछन् । यस्तो अवस्थामा यसको लक्षण पहिचान गरेर समयमा उपचार गर्न आवश्यक हुन्छ । खराब पाचनको केही त्यस्ता लक्षण, पहिचान र यसको समाधान बारे यहाँ उल्लेख गरिएको छ ।

लक्षणहरु

शरीरको गन्ध
यदि शरिरमा पाचन तन्त्र खराब छ भने शरिरबाट नमिठो गन्ध आउँछ । जसलाई केही व्यक्तिहरु विभिन्न सुन्गन्धीत सामाग्रीको प्रयोग गरेर हटाउन खोज्छन् । तर त्यो दिर्घकालीन समाधान होइन् । शरिरबाट निस्कने नमिठो गन्ध रगतको माध्यमबाट तपाईंको छाला हुँदै बाहिर आउँछ । जसले तपाईको शरिरमा गन्ध देखा पर्दछ ।

छालाको समस्या
लामो समयसम्म पाचन प्रक्रिया गडबढ छ भने यसले छालालाई समेत क्षति पु¥याँउछ । जसको कारण छालासँग सम्बन्धीत समस्याहरु देखा पर्दछन् । यस्तो अवस्थामा गेस्ट्रोरोलोजिस्टसँग सल्लाह गरी समयमा नै उपयुक्त समाधान खोज्नु आवश्यक हुन्छ ।

श्वासको दुर्गन्ध
पाचन तन्त्र खराब छ भने तपाईंको श्वासबाट समेत दुर्गन्ध आउँछ । समाधान गर्न कतिपयले दिनमा २/४ पटकसम्म ब्रस गर्ने देखि श्वास सुगन्धीत पार्न विभिन्न खानेकुरा खाने गरेको पाईन्छ । तर यो समाधान होइन ।

कपाल झर्नु
अचम्म लाग्न सक्छ, तर यो साँचो हो । पाचन तन्त्र खराब भयो भने तपाईंमा कपाल झर्ने समस्या समेत देखा पर्दछ । खराब डाईजेशनले कपाललाई जरादेखि नै कमजोर बनाउँछ । डाइजेशन प्रक्रिया खराब भएको कारण खानेकुराबाट उचित पोषण मिल्न नजाँदा कपाल झर्ने, कपाल सेतो हुने र कपाल पातलो हुने जस्ता समस्याहरु समेत देखा पर्दछन् ।

नङ्ग कमजोर हुनु
लामो समयसम्म खराब पाचन प्रक्रियाको कारण हात तथा खुट्टाका नङ्गहरु समेत कमजोर हुन्छन् । शरिरबाट खराब तत्वहरु बाहिर निस्कन नसक्दा यस्ता समस्याहरु देखा पर्दछन् । जसबाट नङ्गहरु टुट्ने तथा उप्कने समस्या देखिन्छ ।

पाचन समस्याको समाधान के त ?

पाचन क्रियालाई सही बनाई राख्नको लागि सन्तुलीत भोजनको आवश्यक पर्दछ । यदि तपाईं छिटो छिटो नचपाईकन खाना निल्नुहुन्छ भने पनि यस्तो समस्या देखिन्छ । सन्तुलीत भोजनसँगै पाचन प्रक्रियालाई स्वस्थ्य बनाईराख्न नियमित व्यायामको समेत आवश्यक पर्दछ । तपाईंलाई पाचन प्रक्रियासँग सम्बन्धित समस्या बढि नै छ भने चिकित्सकीय सल्लाह बमोजिम औषधीको पनि प्रयोग गर्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१