को बन्ला त्रिवि उपकुलपति ? यी तीन जनाको नाम सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७६, शनिबार ०४:२७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिकोलागि तीन जनाको नाम सिफारीस भएको छ । त्रिविको उपकुलपतिको लागि गठित नाम सिफारीस समितिले डाक्टर भगवान कोइरालासहित तीन जनाको नाम सिफारीस गरेको हो ।

सिफारीस तीन जनामा डाक्टर कोइरालासहित डाक्टर धर्मकान्त्र बास्कोटा र डाक्टर चन्द्रमणि कोइराला रहेका छन् । गत भर्दौ ५ गते त्रिविका उपकुलपति तिर्थराज खनियाँको कार्यकाल पूरा भएपछि सरकारले शिक्षा मन्त्रि गिरिराजमणी पोखरेलको संयोजकमा उपकुलपति सिफारीस समिति गठन गरेको थियो ।

समितिले तीन जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन् । सरकारले तीन जनाबाट एकजनालाई त्रिविको जिम्मेवारी तोक्ने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१