दश मिटर गहिरो पानी मुनी भिडियो खिच्ने गो प्रो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०७६, शनिबार ०४:१५

एजेन्सी । गो प्रोले बुधबार दुई नयाँ एक्सन क्यामेरा सार्वजनिक गरेको छ । ‘हिरो–८ र गो प्रो म्याक्स एक्सन’ दुई वटा मोडेल भारतीय बजारमा ल्याएको हो ।

हिरो–८ ब्लाकलाई हिरो–७ ब्ल्याकको अपग्रेड भर्सनको रुपमा सार्वजनिक गरिएको छ । यस्तै, गो प्रो म्याक्सलाई गो प्रो फ्युजनको अपग्रेड भेरिएन्टका रुपमा ल्याइएको छ ।

हिरो–८ ब्ल्याक यो क्यामेरामा गुणस्तरीय अडियोका लागि फ्रन्ट फेसिंग माइक्रोफोन राखिएको छ ।

यो क्यामेराको अर्को विशेषता भनेको डिस्प्ले मोडमा १.९ इन्चको एक्सटर्नल फोल्डेबल स्क्रिन उपलब्ध छ । साथै लाइट मोडको सहयोगमा यो क्यामेरालाई १० मिटर गहिरो पानी भित्र पनि प्रयोग गर्न सकिने छ ।

यस्तै, गो प्रो म्याक्स भने पाँच मिटर गहिराइको पानी भित्र पनि प्रयोग गर्न सकिन्छ । यसमा बिल्ट इन जीपीएस, एचडी रेकर्डिङ गर्न सकिन्छ ।
यो एक्सन क्यामेरा रहेको यो ३६० डिग्री क्यामरा जस्तै प्रयोग गर्न सकिन्छ ।

भारतीय बजारमा सार्वजनिक गरिएका यी दुई गो प्रो केही हप्तापछि मात्रै उपभोक्ताले किन्न पाउने छन् । अहिले भने कम्पनीले बुकिङ खुला गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१