दशैँमा खपत बढे पनि इन्धन अभाव हुँदैन : आयल निगम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७६, शुक्रबार ०५:०१

काठमाडौं । नेपाल आयल निगमले दशैँमा इन्धन अभाव नहुने बताउँदै उपभोक्तालाई असुरक्षित भण्डारण नगर्न आग्रह गरेको छ ।

चाडबाड नजिकिएसँगै काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको निगमले जनाएको छ । खपत बढे पनि निगमका सबै डीपोहरुमा इन्धन भण्डारण पूर्ण क्षमताअनुसार रहेकाले अभाव सिर्जना नहुने निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले बताए ।

दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उनको भनाइ छ ।

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको पौडेलले जानकारी दिए । यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ । यसका अलवा डीपोहरुमा इन्धन पुर्‍याएर फर्किने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको निगमले जनाएको छ । यस्तै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेको छ ।

यसका अलावा निगमले दशैंका लागि छुट्टै टिम खडा गरेको छ । यो टिम दशैं नमनाइ देशैभर निगमको कामकाजमा खटिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१