लागुऔषधसहित सामाखुशी र कलङ्कीबाट पाँच पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७६, शुक्रबार ०४:५२

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागुऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई सामाखुशी र खातुम, अख्तर र लियानालाई कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका पाँचैजना एकै समूहको भएको अनुसन्धानमा खुलेको छ”, उनले भने ।

पक्राउ परेकासँग प्रहरीले एक किलोग्राम ४५० ग्राम मेथ एम्फेटामाइन तथा १०० ग्राम खात जस्तो देखिने लागुऔषध बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१