खरिद बिल नदेखाउने कपडा व्यापारीलाई कारबाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०७६, शुक्रबार ०४:५१

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ ।

बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच/पाँच हजार जरिवाना गरेको हो । ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरिद बिल लुकाएका थिए ।

त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले म्याद सकिएको खाद्य सामग्री बिक्री गरेको पाइएपछि तत्कालै खान अयोग्य सामग्री फिर्ता गर्न लगाएको थियो ।

ती पसलका सञ्चालकलाई स्पष्टीकरण र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१