‘च च हुई’ को ‘जवानी’ सार्वजनिक (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७६, मंगलवार ०४:०९

काठमाडौं । चलचित्र ‘च च हुई’ को गीत सार्वजनिक गरिएको छ । ‘जवानी’ बोलको गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई देख्न सकिन्छ । भव्य सेट तयारी पारी खिचिएको यो आइटम डान्समा शिशिर खातीको कोरियोग्राफी छ । भिडियोमा आर्यन र एलिसाको ग्ल्यामर अवतार देख्न सकिन्छ ।

साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । त्यसैगरी गीतमा थापाकै स्वर सुन्न सकिन्छ भने सुमन गुरुङको पनि स्वर छ ।

आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा साम्तेनको सम्पादन तथा निर्देशन रहेको छ । फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर , माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१